लहान
, २३ भाद्र । मधेशी र थारुको जारी आन्दोलनमा जातीय पहिचानको लागि विभिन्न
समुदायले सडक तताउंन थालेको छ । आफ्नो अधिकार संविधानमा सुनिश्चित गर्न
गराउंन लहानलगायत मधेशमा आज पनि प्रदर्शन भएको छ ।

लहानमा छुट्टाछुट्टै जुलुस प्रदर्शन गरी कोणसभा गरेको छ । आन्दोलन संघर्ष समितिका संयोजक कृष्णबहादुर यादवका नेतृत्वमा समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तमलोपा नेपाल, नेकपा माओवादी (बैद्य), तमसपालगायत पेशागत संघसंगठनले लहानको सहिद चौकमा प्रदर्शन पश्चात कोणसभा गरेको छ । सोही प्रदर्शनसंगै कमलापुरी वैश्य समाज, रौनियार सेवा समिति , गोपाल सेवा समितिलगायतले लहानमा जुलुस प्रदर्शन गरेको छ । कमलापुरी वैश्य समाजले मधेश आन्दोलनका संघर्ष समितिलाई २५ हजार नगद सहयोग समेत गरेको छ ।

उता,
दलितलगायत विभिन्न पेशागत संघसंगठनले अलगै जुलुस प्रदर्शन गरी लहान चौकमा
कोणसभा गरेको छ । लहानको सहिद चौकमा भएको कोणसभामा कृष्णबहादुर यादव, फोरम
नेपालका पूर्व सभासद् विजय यादव, सद्भावना पार्टीका सहमहासचिव राजकुमार
गुप्ता ( राजु) माओवादीका सुरेन्द्र साह, एमालेका सत्यनारायण यादव, पत्रकार
रमानन्द गुप्ता, राजलाल गुप्ता, पत्रकार शिवकुमार साह, कवि अर्थात पत्रकार
जीवछ यादव, फोरम नेपलका निर्मला यादव, श्यामलाल यादव,रामचरित्र महतो, कवि
अर्जुन गुप्ता, गोपाल सेवा समितिका अध्यक्ष विशेश्वर यादवलगायतले मन्तव्य
राखेका थिए । यसैगरी, गोलबजार, मिर्चैया, सिरहा, माडर, कल्याणपुर, सुखीपुर,
कदमाहामा थारुको भेलामा समेत जुलुस प्रदर्शन भएको छ ।

No comments:
Post a Comment