एजेन्सी – तस्बिरमा देखिएकी रिपा रानी पण्डित अहिले गम्भिर घाइते छिन् ।
उनको शरिर भित्री रुपमा ड्यामेज भइसकेको छ । त्यसैले उनी बाँच्न सक्ने
सम्भावना निकै कम छ । एसिड पिउन बाध्य रिपा मानसिक तनावका कारण त्रसित
अवस्थामा छिन् । लामो समय होस गुमाएपछि भर्खरै मात्र ब्युझिँएकी छिन् ।
बंगलादेशकी २३ वर्षीया रिपा रानीले केही समयअघि रतन पण्डितसँग विवाह गरेकी
थिइन् । त्यतिबेला रिपाका बाबुले वाचा गरे बमोजिमको दाईजो रतनको परिवारलाई
बुझाउन नसकेपछि परिवारले उनीलाई एसिड खुवाएर हत्या गर्ने षड्यन्त्र रच्यो ।
यसबीच उनलाई आठ महिनासम्म मानसिक पीडा दिइयो । बाबुले श्रीमान्को
परिवारलाई वाचा गरेअनुसारको रकम बुझाउन नसकेपछि उनी लामो समय माइती फर्किएर
बसेकी थिइन् । गत डिसेम्बरमा उनको विवाह भएको थियो । विवाहपछि घर गएकी
रिपालाई वाचा अनुरुपको दाइजो नपाएमा फिर्ता गरिदिने धम्की श्रीमान्को
परिवारले दिएको थियो । माइती फर्किएर लामो समय बिताएपछि श्रीमान्कै
अनुरोधमा उनी फेरिघर फर्किइन् । तर, उस्तै पीडा श्रीमान्को परिवारले दिइ नै
रह्यो । गत महिना उनले जीवनकै दर्दनाक क्षणको सामना गर्नुप¥यो ।अस्पतालको
शैइयामा छट्पाइरहेकी रिपा बोल्न सक्दिनन् । तर माइती पक्षका अनुसार ससुराले
नै रिपालाई एसिड खुवाए । ससुरा सद्धुन पण्डितले दाईजोमा वाचा गरेको पैसा
दिन नसकेपछि एसिड खुवाएको रिपाका दाजु ओपूले बताएका छन् । सासूले रिपाको
मुख खोलेका थिए भने ससुराले मुखमा एसिड हालिदिए । त्यसपछि एसिड उनको शरिरमा
पुग्यो र शरिरका भित्री भागलाई ड्यामेज गरिदियो ।एसिड खुवाएपछि किशोरजंग
जिल्लाको अमोदपूरस्थित घरमा उनलाई दुई दिन त्यतिकै छाडियो । अहिले उनको
ढाका मेडिकल अस्पतालमा उपचार भइरहेको छ । उनी बाँच्ने टुंगो छैन । किनकी
बाहिरी चोटको तुलनामा उनलाई भित्रैबाट धेरै चोट लागेको छ । चिकित्सका
अनुसार उनी खान वा पानी पिउन पनि सजिलै सक्दिनन् । दुई हप्तादेखि उनको
उपचारमा चिकित्सक निरन्तर सक्रिय छन् । प्रहरीले ससुरा रविन्द्र पण्डितलाई
पक्राउ गरेर छानविन जारी राखेको छ ।गत जुलाईमा बंगलादेशमा झन्डै ९ व्यक्ति
एसिडको सिकार भएका छन् । एसिड हिंसाबाट सर्वसाधाणलाई जोगाउन सरकारले कडा
कानून ल्याउनुपर्ने अधिकारवादीहरु बताउँछन् ।सन् २००० पछि बंगलादेशमा झन्डै
३ हजारभन्दा धेरैले एशिडको पिता खेप्नुपरेको छ । एएसएफ (एशिड सर्भाइबल
फाउन्डेशन बंगलादेश) को तथ्याङकअनुसार पिडितमध्ये अधिकांश महिला र त्यो पनि
१८ वर्षमूनिका छन् । प्रेम प्रस्ताव लत्याएको, दाईजो नदिएको तथा जमिन
सम्बन्धि विवाद एशिड घटनाका प्रमुख कारण हुन् । एएसएफले विगत १०
वर्षअघिदेखी बंगलादेशमा निरन्तर रुपमा एशिड हमालाको विरुद्धमा काम गर्दै
आएको छ ।
No comments:
Post a Comment