मुम्बई प्रहरीले गएराती देह ब्यापार गरेको आरोपमा एक टेलिभिजनकी कलाकार र
उनको एजेन्टलाई पक्राउ गरेको छ । मुम्बई प्रहरीको समाज सेवा शाखाले शबरी
होटलवाट उनीहरुलाई पक्राउ गरेको थियो ।
भारतीय समाचार संस्थाले जनाए अनुसार प्रहरीले केही दिन अघि नै ती कलाकार
देहव्यापारमा संलग्न भएको जानकारी पाएको थियो । जानकारी पाएपछि प्रहरीले
नायिकालाई रंगेहात पक्राउ गर्ने योजना बनाएर नक्कली ग्राहक बनेको थियो
।प्रहरीले नक्कली ग्राहक बनेर नायिकाका एजेन्ट राज उपाध्यायसँग सम्पर्क
गरेपछि राजले तीनै नायिका सहित केही युवतीको तस्बिर देखाएका थिए । नक्कली
ग्राहक बनेरका प्रहरी र एजेन्ट राज विच १५ हजारमा कुरा मिलेपछि प्रहरीले
पैसा लिनका लागि नायिकालाई नै होटलमा बोलाएको थियो । त्यही वेला प्रहरीले
पक्राउ गर्यो ।अहिले राज प्रहरी हिरासतमा छन् भने नायिकालाई महिला
पूर्नस्थापना केन्द्र पठाएको छ । यसअघि पनि केही भारतीय नायिका
वेश्यावृत्तिको आरोपमा पक्राउ परेर छुटेका छन्
No comments:
Post a Comment