पर्याप्त निद्रा नपुग्दा रिस र कुलतको डर हुने समस्या - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Monday, September 7, 2015

पर्याप्त निद्रा नपुग्दा रिस र कुलतको डर हुने समस्या

चाहे कामको चापले होस् वा टेलिभिजन वा कम्प्युटर तथा मोबाइल चलाएरै होस्, चाहे गफगाफ र रमाइलोमा भुलेर होस् वा लेखपढ गरेर होस् हामीमध्ये धेरै जना राति अवेर मात्र सुत्छौँ, जसका कारण सरीरलाई आवश्यक पर्ने आराम तथा निद्रा पुग्दैन ।रातमा निद्रा नपुगे दिउसै घुरौँला न, के हुन्छ त ? भनेर सोध्नुहोला । तर कामकाजी मानिसलाई दिउसै घुर्ने मौका पनि कहाँ मिल्छ र ? खैर, बुझ्नैपर्ने र निकै महत्वपूर्ण कुरा के हो भने यसरी जिउलाई आवश्यक पर्ने आराम तथा निद्रा नपुग्नु हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार अपुग निद्राले मानिसको आत्मनियन्त्रणमा क्षयिकरण गराउँदछ ।शोधकर्ताहरुका अनुसार अपर्याप्त निद्राले मानिसको निर्णय क्षमतामा असर पूराउँदछ जसका कारण मानिसहरु झनक्क रिसाउने, कुनै कुरामा सतर्क तथा गम्भीर बन्न नसक्ने समस्यामा फस्दछन् 
यसले मानिसहरुको व्यक्तिगत तथा व्यवसायिक जिवनमा पनि गम्भीर असर पूराउने वैज्ञानिकहरुको भनाइ छ ।अमेरिकाको क्लेम्सन विश्वविद्यालयका शोधकर्ता प्राध्यापक जुन पिल्चरका अनुसार आत्मनियन्त्रण मानिसकेा दैनिक निर्णय निर्माण प्रक्रियाको एक भाग हो । दैनिक रुपमा मानिसको सामु प्रस्तुत हुने द्विविधाग्रस्त इच्छा तथा अवसरहरुमा सन्तुलन तथा नियन्त्रण गरेर आफ्नो लागि उपयुक्त निर्णय लिनका लागि आत्मनियन्त्रण आवश्यक हुन्छ ।आफुहरुको अध्ययनले निद्रा तथा आत्मनियन्त्रण कसरी अन्तरसम्बन्धित छन् र सुत्ने आनीबान र आत्मनियन्त्रणले व्यक्तिको दैनिक क्रियाकलापमा कसरी संयुक्त रुपमा प्रभाव पार्दछन् भन्ने कुरा पत्ता लगाएको उनको भनाइ छ ।यसअघिका अध्ययनहरुले पनि अहिलेको २४ घण्टे विश्व अर्थतन्त्रको युगमा मानिसहरुको सुत्ने अवधि कम हुँदै गएको र अनियमित हुँदै गएको भन्दै अपर्याप्त तथा अपूरो निद्राका साथै लामो समयसम्म सुत्न नपाउने कारणले गर्दा मानिसहरुको निर्णय निर्माण क्षमतामै असर पूराउने गरेको देखाएको थियो ।रातमा सुत्ने समयमा अनियमितता तथा कम समयसम्म मात्र सुत्ने बानीले स्वास्थ्य समस्या निम्तिने शोधकर्ताहरुको भनाइ छ । यसअघिका अध्ययनले समेत अपर्याप्त तथा असन्तुलित सुताइले गर्दा मानिसमा वजन बढ्ने तथा रक्तचाप बढ्ने लगायतका स्वास्थ्य समस्या उत्पन्न हुने ठहर गरेको थियो ।पछिल्लोपटकको अध्ययनले अपर्याप्त निद्रा तथा अनिद्राका कारण मानिसमा आत्मनियन्त्रण गुम्ने र त्यसले व्यक्तिमा रिसाहा तथा असहिष्णु व्यवहार देखिने गर्छ । यस्तो व्यवहारले व्यक्तिलाई घर तथा कार्यस्थलमा समेत समस्यामा पार्नसक्छ ।पर्याप्त तथा नियमित सुत्ने बानीले मानिसको अर्को दिनको दैनिक क्रियाकलापका लागि स्थिर शक्ति संचय हुने शोधकर्ताहरु बताउँछन् । जति धेरै उर्जा संचय भयो उति नै धेरै कठीन निर्णयहरु गर्नसक्ने तथा समस्या समाधान गर्ने क्षमता बढ्ने शोधकर्ताहरुको भनाइ छ ।मानिसमा अपर्याप्त निद्रा तथा अनिद्रा लामो समयसम्म रह्यो भने त्यसले विभिन्न कुलतहरुमा फस्ने, धेरै खर्च गर्ने तथा जुवातास खेल्ने समस्यामा फस्ने डर पनि बढ्ने भन्दै शोधकर्ताहरुले पर्याप्त निद्राले यी समस्या झेलिरहेका मानिसहरुलाई समस्याबाट मुक्ति पाउन वा कुलत हटाउन समेत सहयोगी हुने बताएका छन् ।- एजेन्सीको सहयोगमा

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here