भाडाका आमाबाट बच्चा जन्माउन दिने तयारी - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Monday, September 7, 2015

भाडाका आमाबाट बच्चा जन्माउन दिने तयारी

यस्तो छ मापदण्ड
 काठमाडौं, साउन ५ – भाडाका आमाबाट सन्तान जन्माउने पद्धति (सेरोगेसी मदर)लाई वैधता दिन सरकारले तयारी गरेको छ । सेरोगेसी मदर कार्यक्रमलाई स्वीकृति दिँदा दुरुपयोग बढ्ने भन्दै सरोकारवालाहरूले विरोध जनाउँदै आएका छन् ।काठमाडौंका केही निजी अस्पतालले अवैध रूपमा सेरोगेसी सेवा दिइरहेको समाचार सार्वजनिक भएपछि मन्त्रिपरिषद्को २ असोजको बैठकले कार्यविधि बनाएर त्यसलाई व्यवस्थित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, मन्त्रालयले कार्यविधि बनाउनुको सट्टा केही दिनअघि मात्रै सेवा दिने अस्पतालहरूका लागि मापदण्ड तयार गरेको छ ।
स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डअनुसार सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला ९सेरोगेसी मदर०समेत विदेशी हुनुपर्ने र उनीहरूले सम्बन्धित संस्थाको मापदण्डअनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् । स्वास्थ्य संस्थामा हेपा फिल्टर जडित क्यासरियन सेक्सनबाट बच्चा जन्माउने मोडुलर ओटी, आमाका लागि आइसियू, आइभिएफ ओटी तथा ल्याब, बच्चाका लागि कम्तीमा चार शय्याको एनआइसियू सेवालगायतका पूर्वाधार हुनुपर्ने मापदण्ड बनाइएको छ ।
‘मन्त्रिपरिषद्ले त कार्यविधि बनाउन भनेको थियो । तर, कार्यविधि नभएर मापदण्ड बनाइएको छ । सामान ल्याऊ, पैसा तोक र चलाऊ भनेजस्तै भएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘यसले पहिलेदेखि अवैध रूपमा काम गरेका अस्पतालहरूलाई वैध रूपमा गर्ने बाटो खोलिदिएको छ ।’
नेपालमा सेरोगेसी सेवा लिन आएकाहरू अहिलेसम्म अस्ट्रेलिया तथा इजरायलका नागरिक बढी छन् । तर, उनीहरूले ल्याउने भाडाकी आमा भने अधिकांश भारतीय मूलका महिला छन् । स्रोतका अनुसार सेरोगेसी सेवा लिन आउनेहरू एकल पुरुष तथा गेहरू छन् । भारत तथा थाइल्यान्डमा स्थानीय महिलालाई नै प्रयोग गरी विदेशी नागरिकले बच्चा जन्माउन थालेपछि दुरुपयोग भएको भन्दै सेवा बन्द गरिएको छ । नेपालमा पनि आर्थिक प्रलोभनमा पारी महिलालाई कोख भाडामा दिन लालायित गर्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।मन्त्रिपरिषद्ले गत असोजमा निर्णय गरेको भए पनि मन्त्रालयले कार्यविधि नबनाउँदासम्म कार्यक्रम अघि नबढ्ने भन्दै सूचना सार्वजनिक गरेको थिएन । मन्त्रालयका सूचना अधिकारी ऋषिराम पंगेनीले सूचना थाहा पाउनुपर्छ भन्दै निवेदन परेपछि मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरिएको बताए । सेरोगेसी सेवा लिन कति संस्था सम्पर्कमा आएको भन्ने थाहा नभएको बताए ।
यस्तो छ मापदण्डसेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला (सेरोगेट मदर) विदेशी हुनुपर्नेछ । उनीहरूले सम्बन्धित अस्पतालको नियमअनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् ।
सेरोगेसी सेवा दिने स्वास्थ्य संस्थामा हेपा फिल्टर जडित क्यासरियन सेक्सनबाट बच्चा जन्माउने मोडुलर ओटी, आमाका लागि आइसियू, आइभिएफ ओटी तथा ल्याब, बच्चाका लागि कम्तीमा चार शय्याको एनआइसियूलगायतका पूर्वाधार हुनुपर्नेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here