संविद्यानसभा वाट मात्रै होईन यो राज्य संग नै सम्बन्ध विच्छेदको घोषणा गर्दैछू - लक्ष्मणलाल कर्ण - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Wednesday, July 1, 2015

संविद्यानसभा वाट मात्रै होईन यो राज्य संग नै सम्बन्ध विच्छेदको घोषणा गर्दैछू - लक्ष्मणलाल कर्ण

सदभावना पार्टीका सहअध्यक्ष समेत रहेका लक्ष्मणलाल कर्ण मधेशको राजनिती वृतमा सालिन र वौद्धिक व्यक्तित्वको रुपमा चिनिन्छन । पहिलो संविद्याँनसभा देखि दोस्रो संविद्यानसभाको अहिले सम्मको सबै कुराको उनको सहभागीता उच्च देखिन्छ । हिजो मात्रै नयां संविद्यानको प्रारम्भिक मस्यौदा संविद्यानसभामा पेश हुदा उनी सहित उनका पार्टी र अन्य मधेशी पार्टीहरुले संविद्यानसभा भित्र च्याते । मंगलवार राती मस्यौदा च्यातेका कर्ण संग वुधवार विहान दलानले गरेको कुराकानीको सम्पादित अंश 
लक्ष्मणलाल कर्ण  - सदभावना पार्टीका सहअध्यक्ष

नयां संविद्यानको प्रारम्भिक मस्यौदालाई तपाईहरुले त संविद्यानसभामै च्यात्नु भयो, किन ? 

- पहिलो कुरा हामी प्रारम्भिक मस्यौदा वाट असन्तुष्टि छौ भन्ने कुरो हिजाको हामीहरुको क्रियाकलाप वाटै पुष्टि हुन्छ । जाहा सम्म तपाइले किन भन्नु भयो । हिजो सम्म सहमती भईसकेको कुरालाई पनि यो मस्यौदाले उल्टाएको छ । संविद्यानसभाको समितीहरुमा धेरै कुराहरु मिली सकेको थियो तर अहिले सवैलाई उल्टाउने काम भएको । जसवाट मधेशी जनजाती मुस्लीम, थारु लगायतका सिमान्तकृत समुदायहरु असन्तुष्ट छन । यती सम्म कि यो मस्यौदाले समानुपातिक समावेशीताको कुरालाई समेत अस्विकार गरेका छन, खाली समावेशी भनेका छन । एक जना मधेशी, एक जना जनजातीलाई टिपेर त पन्चायतकालमा पनि समावेशी भनिथ्यो तर अब समानुपातिक सहभागीताको कुराको ग्यारेन्टी नभईकन कसैले मान्दैनन । दोस्रो कुरा नागरिकताको प्रावधानलाई झन झन कडाई गर्दै अहिले सम्म दोस्रो दर्जाको नागरिकको रुपमा रहेको मधेशीहरुलाई अव कानुनतह नै तेस्रो दर्जा बनाउने प्रावधान ल्याएको छ । न्यालयको सबै तह समानुपापतक समावेशीताको आधारमा हुने सहमती थियो तर त्यो सवैलाई हटाइएको छ । र अर्को सवै भन्द्या महत्वपुर्ण कुरा संघियता हो, जसका लागी हामी २०४७ साल देखि अनवरत आवाज उठाउदै आईरहेका छौ । तर १६ बुदे सहमतीको आधारमा जसरी संघियतालाई समाप्त पार्ने खेल भएको छ, जुन कुनै अवस्थामा हामी स्विकार गर्दैन ।


त्यसो भए तपाईहरु के गर्नु हुन्छ, त ? 

- हामी हिजै त्यसको झलक संविद्यानसभा भित्र दिईसकेका छौ । हामीले मस्यौदा समितीमा हाम्रो मुद्धाहरुलाई समेटेर फरक मत पनि पेश गरेका छौ ।

तपाईले फरक मतको कुरा उठाई हाल्नु भयो ? एमाओवादीले पनि त फरक मत राखेर अघि वढेकै छन । तपाईहरु त्यसरी किन अघि नवढेको त ? 

- हेर्नुस, एमाओवादी आफनो फेस सेभिंगका लागी मात्रै फरक मत राखेका छन । तर हामीले त मस्यौदा संविद्यानसभा भित्रै च्यातेर भन्यो, हामी यसलाई कुनै पनि हालतमा मान्दैनौ ।

त्यसो भए, वाहिर आईरहेको छ कि मधेशी पार्टीहरु संविद्यानसभावाट वाहिरिन्छ , कुरा त्यस्तै हो त ? 

- हो, हामी चाडै संविद्यानसभा वाट राजिनामा दिएर आन्द्योलनमा जादै छौ । हुनत हामी अहिले पनि आन्द्योलन मै छौ तर चाडै संविद्यानसभा वाट मात्रै होईन कि यो राज्य संगको हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्दै छौ । जुन संविद्यानसभाले हाम्रो कुरा नै सुन्दैन, जुन राज्यले हामी कानुननतह तेस्रो दर्जाको नागरिक बनाउन गईरहेका छन, के त्यो संग हामी सम्बन्ध राखेर बस्छौ । तपाईहरु १० देखि १५ दिन अझै कुर्नस । सबै कुरा भईहाल्छ ।

यो सम्बन्ध विच्छेद भन्नाले कस्तो ? 

- हामीले संविद्यानसभाको प्रक्रियामा आफनो मत लाई दर्ता गराउनु पर्ने हाम्रो वाध्यता पनि थियो । कि भोली दिनमा हामीलाई कसैले केही नभनोस भनेर । मलाई लाग्छ, जुन फाष्टयाकको नाटक हुदैछ, त्यस अनुसार अबको १० दिन नयां संविद्यानको प्रारम्भिक  मस्यौदा अन्त्मि मस्यौदाको रुपमा प्रवेश गर्नेछ । हामी संविद्यानसभाले संविद्यान जारी गर्ने सम्म पर्खेर बस्दैन । अन्तिम मस्यौदा प्रवेश गर्ने वितिकै हामीले पेश गरेका फरक मतहरुको कुरालाई त्याहा एक चोटी राखेर मधेशी जनताहरुमा जान्छौ । कि हामीले तपाइहरुको कुरा त्याहा राख्यो तर सुनवाई भएन । यो राज्यले हामीले आफनो सम्झेन । मलाई लाग्छ, त्यही विन्दूमा हामीहरुको राज्य संग सम्बन्ध विच्छेद हुन्छ । यद्यपी हाम्रो पार्टीले यस अघि नै संविद्यानसभा छोडने वारेमा निर्णय गरीसकेको छ । हिजो देखि फेरी हाम्रो कार्य सम्पादन समितीको बैठक चलीरहेको छ । यो विचमा पनि पार्टीको निर्णय भयो भने, हामी सबै संविद्यानसभावाट राजिनामा दिन सक्छौ ।

तपाईले राज्य संग सम्बन्ध विच्छेदको कुरा वडो वलियो ढंगले उठाउनु भयो, कुनै वेला जेपी गुप्ताले पनि यो बोल्नु भएको थियो नि ? 

- हेर्नुस, जेपी गुप्ताजीले कुन वेला कुन सन्दर्भमा बोल्नु भएको थियो, त्यो मेरो सरोकारको विषय होईन । वा सिके राउत के बोल्छन, त्यो पनि मेरो सरोकारको विषय होईन । हामी हाम्रा सरोकार विषयहरुलाई वडो राम्ररी राखीरहेका छौ । अन्यको वारेमा म टिप्पणी गर्न चाहन्नन ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here