रुपन्देहीको मानपकडीमा प्रहरी ज्यादती /प्रहरी दमनबाट दर्जनांै गाउँलेहरु विस्थापित - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Wednesday, July 1, 2015

रुपन्देहीको मानपकडीमा प्रहरी ज्यादती /प्रहरी दमनबाट दर्जनांै गाउँलेहरु विस्थापित


Bhairahawa1मधेशमा सुरक्षाकर्मीको ज्यादती बढिरहेको बेला सर्वाधिक गैरन्यायिक हत्या हुने रुपन्देहीको मानपकडी—२ बेलवाडाडीमा फेरि एकपटक प्रहरी आतङ्कका कारण गाउँलेहरु त्रसित भएका छन् । सार्वजनिक सडक मरम्मतसम्बन्धी विवाद चुलिँदै जाँदा प्रहरीले स्थानीय बासिन्दालाई निर्घात कुटपीट गरेका छन् । ‘रगतको साइनो नभएका मधेशी जनतालाई प्रहरीले पुरानो हिन्दी चलचित्रमा देखाइए झैं गुलामहरुलाई यातना दिने शैलीमा घेरामा पारी अमानवीय एवं क्रुरतापूर्ण तरिकाले कुटपीट गरेका छन्’—घटनास्थलबाट फर्केका स्थानीय सञ्चारकर्मीहरुले भने । बाटो बनाउन नदीजन्य झस्कट खन्न पुगेका स्थानीय बासिन्दाहरुलाई आइतबार स्थानीय प्रहरीले लाठी प्रहार गरी घाइते बनाएका हुन् । प्रहरीको लाठी प्रहारबाट गाउँका महिला, बृद्ध र बालबालिकाहरुसमेत घाइते भएका छन् । मानपकडीमा प्रहरी दमनको नेतृत्व गर्न इलाका प्रहरी कार्यालय मसर्गियाबाट पठाइएका नेपाल प्रहरीका निरीक्षक प्रेम थापाले प्रहरी कार्वाहीमा महिला र बालबालिकाहरुलाई चोट लाग्नु ‘सामान्य कुरा’ भएको टिप्पणी गरे । आइतबार प्रहरी र स्थानीयबासीबीच भएको झड्पपछि गाउँलाई अहिले हतियारबन्द दर्जनौं प्रहरीले घेरामा लिएको छ भने प्रहरीको सम्भावित दमनलाई लिएर महिला र बालबालिकाबाहेक अन्य गाउँलेहरुले छिमेकका गाउँहरुमा आश्रय लिन थालेका छन् ।BHairahawa121 गाउँमा चुल्होचौका हुन सकेको छैन् । स्कुले बालबालिकाहरुसमेत प्रहरीको डरले स्कुल पुगेका छैनन् । प्रहरीको कुटाइबाट बृद्ध, असहाय, महिला र अपाङ्गसमेतलाई कुटपीट गरेका छन् । झड्प गत २ गते आइतबार दिउँसो ११ बजेर ३० मिनेटबाट सुरुभएको थियो । झड्पको क्रममा प्रहरीले १५ जना गाउँलेलाई नियन्त्रणमा लिएको छ । सोही क्रममा प्रहरीले घरघरमा पसेर गाउँलेलाई कुटपीट गरेको र धनमालसमेत चोरेको बताइएको छ । गहँु पिसाउन गएका पुरैनीगाउँका सुग्रीम लोनियाको प्रहरी कुटाइबाट टाउको फुटेको छ । प्रहरीको डरले उपचारका लागि सदरमुकाम जान नमानेका उनको उपचार स्थानीयस्तरमै भइरहेको छ । लोनियाको अवस्था अवस्था गम्भीर रहेको बुझिएको छ । सन्चो नभएर कोठामा सुतिरहेकी एक युवतीलाई प्रहरीले दूुव्र्यवहार गरेका छन् । गाउँको चोकमै रहेको उनको घरमा पसेर प्रहरीले टेलीभिजन र पंखासमेत तोडफोड गरेको छ । एक थानमोबाइल र सोको चार्जरसमेत प्रहरीले लुटी लगेको उनले बताएकी छिन् । ४३ वर्षीय रामविलास चौहान, २४ वर्षीय तुलसी मल्लाह, २५ वर्षीय शिवकरन मल्लाह र २८ वर्षीय रमेश लोनियालाई पनि घाउचोट लागेको छ । प्रहरीले घरघरमा पसेर तीनवटा वटा ट्रयाक्टर, पाँचवटा मोटरसाइकल र एक दर्जन जत्ति साइकल उठाएर÷खोसेर लगेको स्थानीय सीताराम बनियाले बताए । घटना किन भयो ? बेलवाडाडीबाट राजमार्ग पुग्ने एकमात्र विकल्प लुम्बिनी–मुर्गिया सडक हो । यस सडकको स्थिति अत्यन्त जीर्ण छ । पानी पर्ने बित्तिकै सडकमा साइकल गुडाउन नसकिने अवस्था छ । सडकको दुरावस्थाका कारण गाउँबाट मुर्गियाको ६ किलोमीटर दूरी तय गर्न घन्टौं लाग्ने गरेको छ । बाटो मर्मतका लागि गाउँलेले सम्बद्ध सबै निकायलाई गुहारे तर कतैबाट सुनुवाइ भएन । अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीलाई जोड्ने यस मार्गको अवस्था खराब भएपछि स्थानीयबासीले आफैँले पहल गरेर बाटो मर्मतको योजना बनाए । सडक बनाउन यस क्षेत्रका बोर्डिङ्ग स्कुलहरुले बाटो मर्मतका लागि सहयोग गरेको भए पनि तयसलाई पूर्णता दिन भस्कट आवश्यक प¥यो । जिल्ला विकास समितिले नदीजन्य पदार्थ निकासीका लागी गत जेठ महिना देखि रोक लगाएको छ । समस्याको सुरुवात यहीँबाट भयो । आफ्नै गाउँठाउँको नदीजन्य पदार्थ सार्वजनिक महत्वको अत्यावश्यकीय कार्यका लागी पनि निकासी गर्न नपाउने भएपछि उनीहरुको पीडा अझ बढ्यो । समाजका केही प्रबुद्ध वर्गको आग्रहमा वरपरका तीन गाविसका सचिवहरु तयार भए । बाटो मर्मतका लागि नदीजन्य भस्कट खन्न दिनका लागि उनीहरुले जिविस रुपन्देहीलाई सिफारिस गरे । ओभरसीयरले नापनक्सासमेत तयार पारे । निकासी गर्ने कानुनी प्रक्रिया अघि बढ्दै गयो । जिविसले पनि सहमति जनायो । जिविसमा प्रक्रिया अघि बढिसकेकोले स्थानीयले मौसम अनुकुल पाएर भस्कट निकासी गर्न खोला पुगेपछि प्रहरीसँग झड्प भएको हो । दुई दर्जन ट्रयाक्टर लिएर खोलामा पुगेका स्थानीयबासीलाई झस्कट उठाउन रोकेपछिको विवाद भिडन्तमा परिणत भएको थियो । प्रहरी चौकी बनघुसरीका सहायक निरीक्षकको कमाण्डमा गएको प्रहरीले भस्कट उठाउन रोके । तर स्थानीयले बाटोको समस्या देखाउँदै नमानेपछि थप प्रहरी बल पनि पुग्यो । ईप्रका मुर्गियाबाट प्रहरी निरीक्षक थापाको नेतृत्वमा थप प्रहरी बल पुगेपछि प्रहरीले अक्रामक कार्वाही गरेको स्थानीय बासिन्दाको भनाइ छ । प्रहरीले लठ्ठी वर्षाउन थाल्दा दोहोरो झड्प भएको उनीहको दाबी छ ।“हामीले बाटोको समस्या र कानुनी प्रक्रियाबारे बताउँदै ट्रयाक्टर त्यहीँ राखेर छलफल गरौ भनी प्रहरीलाइ आग्रह ग¥यौ तर इन्सपेक्टर थापाले मानेनन र लठ्ठी बर्साउन थाले । लाठी प्रहारपछि गाउँलेहरु पनि प्रतिकारमा उत्रे । जसले गर्दा दुवै पक्षका दर्जनौं घाइते भए ।” नेपाली कांग्रेसका गाउँ सभापति जयराम मल्लाहले भने । प्रहरीको कुटाईबाट करिब दुई दर्जनभन्दा बढी घाइते भएको उनले जानकारी दिए । घटनाका मुख्यनाइके मानिएका ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक थापाले भन्छन् ः “बाटोको स्थिती हामीलाई पनि थाहा छ, अप्ठ्यारो त हामीलाई पनि भएकै हो । हामीले पाच÷छ टालीसम्म आँखा चिम्लेर बस्न सक्छौ तर त्योभन्दा बढी सक्दैनौ अघि नै भनि सकेको थिएँ । अस्ति मात्र गाविस सचिवहरुसँग सितपर्रोहा, सेमलार र मानपकडीका बासिन्दाहरु मकहाँ आए । बाटो मर्मत गर्न भस्कट निकाल्न दिनका लागि अनुरोध गरे । मैले यसबारे एसपी साहबसित कुरा गर्नुस उहाँले मिलाई दिनुहुन्छ भनेका थिए । तर उनीहरु त्यहाँ पुगेनन् ।”उनी भन्छन्, “एक्कासी दर्जनौ ट्रयाक्टरसहितपुगेका स्थानीयबासीलाई नियन्त्रणमा लिन गाह्रै परेको थियो । न्यूनतम बल मात्र प्रयोग गर्दा स्थिति नियन्त्रणमा आयो । दर्जनौं राउण्ड गोली चलाउँदासमेत कसैलाई लागेन । यो पनि यसको प्रमाण हो ।” झडपमा आफूलाई लागेको घाउचोट देखाउँदै उनले थपे, “झड्पमा त चाहे महिला हुन वा बालबालिका जोसुकैले त पिटाइ खाइहाल्छ नि ।” स्थानीयबासी आफ्नो अडानमा अडिग छन् । उनीहरु भन्छन्, चाहे वार होस या पार बाटो बनाएर छाड्छौ ।। बाटोको दुदर्शाले गर्दा गाउँम मान्छे बिरामी पर्दा एम्बुलेन्स जान नसकेर खाटमा बोकी राजमार्गसम्म पु¥याउनुपर्छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here