वीरगन्जको पिपरामा शनिवार राति स्थानीयवासी र प्रहरीबीच झडप
हुँदा प्रहरीले १५ राउण्ड अश्रु ग्याँस र २४ राउण्ड हवाइ फायर गरेको छ ।
प्रहरीले सानो पिपरा र ठूलो पिपपरा दुबै टोलको घर घरमा पसेर स्थानीयलाई कुटपिट गरेको स्थानीयबासीले बताएका छन् ।
झडपका क्रममा प्रहरीले ठुलो पिपरा टोलबाट तीनजना स्थानीय युवकहरुलाई
नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पेट्रोल र डिजेल ओसार्ने सवारी साधनलाई
रोक्न सानो पिपरा चोकमा बसेका स्थानीय युवकहरु र प्रहरीबीच झडप भएको हो ।
वीरगन्जबाट ग्यालेनमा पेट्राल लिएर जाँदै गरेको ना १२ प ४९७४ नम्बरको
मोटरसाइकललाई स्थानीय युवकहरुले रोक्ने क्रममा उक्त मोटरसाइकलकै ठक्क्रबाट
सानो पिपराका अवधेश पटेलको खुटटा भाँच्चिएपछि आक्रोशीत स्थानीयवासीले
चालकलाई कुटपिट गर्दै मोटरसाइकलमा तोडफोड गरेका थिए ।
चालक कुट्नेहरुलाई खोज्ने क्रममा गाँउमा पसेको प्रहरीले घरघरमा पसेर कुट्न
थालेपछि स्थानीयबासीले पनि प्रहरीमाथि ढुगामुढा गर्दा प्रहरीले अश्रु
ग्याँस र हवाइ फायर गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
तर पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने स्थानीय केही युवकहरुले
मोटरसाइकलमा तोडफोड र आगजनी गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा प्रहरी
माथि नै ढुंगामुढा प्रहार भएपछि स्थिती नियन्त्रणमा लिनका लागि १०-१२
राउण्ड हवाइ फायर र केही राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको बताए ।
आन्दोलनकारीको ढुंगामुढा प्रहारबाट प्रहरी नायव निरीक्षकसहित पाँच जना सुरक्षाकर्मी घाइते पनि भएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका पटेलको वीरगन्जको नारायणी उपक्षेत्रीय
अस्पतालमा उपचार भइरहेको छ । यसैबीच वीरगन्जको पिपरामा आइतवार बिहान
स्थानीयवासीको समुहले एउटा मोटरसाइकलमा आगजनी गरेको छ ।
वीरगन्ज चिनी मीलस्थित पिपरा चोकमा बिहान आठ बजे स्थानीयवासीले ना १३ प १०१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् ।
आगजनीबाट मोटरसाइकल जलेर पुर्ण रुपमा ध्वस्त भएको छ । आगजनी गरिएको
मोटरसाइकल वीरगंज १ छपकैया निवासी सागिर अन्सारीको रहेको बताइएको छ ।
मोटरसाइकलमा आगजनी गर्ने क्रममा मोटरसाइकल चालक अन्सारीको खुटटा आगोले
पालेको छ । पिपरामा शनिवार राति प्रहरीले घर घरमा पसेर कुटपिट गर्नुका
साथै गोली चलाएको आक्रोशमा पिपरामा आइतवार बिहान स्थानीयवासीले मोटरसाइकलमा
आगजनी गरेका हुन् ।
Post Top Ad
Responsive Ads Here
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Responsive Ads Here
No comments:
Post a Comment