सप्तरीको हनुमानयोगिनीमाई नपामा आगलागी हुदाँ १२ लाखको क्षति - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Wednesday, March 16, 2016

सप्तरीको हनुमानयोगिनीमाई नपामा आगलागी हुदाँ १२ लाखको क्षति

चैत्र ३ । सप्तरीको हनुमानयोगिनीमाई नगरपालिका–३ मा बुधवार दिउँसो आगलागी हुँदा करिब १२ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । दिउँसो करिब १ बजे स्थानिय श्यामसुन्दर खंगको घरबाट अचानक सुरु भएको आगलागीमा परि निजको ४ वटा घर जलेर १२ लाख मुल्य बराबरको क्षति भएको हो । आगलागीमा ३ लाख नगद, खाद्यान्न, मोबाइल फोन, एलसिडी, लत्ताकपडा, भाडाकुडासहित घरमा रहेको रहेको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । आगलागी स्थानियवासी तथा हनुमाननगर प्रहरी चौकीबाट आएका प्रहरीहरुको सहयोगमा नियन्त्रणमा आएको स्थानिय राजू शर्माले जानकारी दिएका छन् ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here