चैत २९ । गत असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ८ बुँदे सम्झौता गरेर सरकारमा सहभागि भएका मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार अप्ठ्यारोमा पर्न थालेका छन । सरकारमा सहभागि हुँदा गरेको सम्झौता तीन महिनादेखि ६ महिनासम्ममा कार्यान्वयन गराउने प्रतिबद्धतासहित सरकारमा सहभागि भएका गच्छदारकै पार्टीमा अहिले सरकारको आयू छ महिना नाघीसकेको अवस्थामा ८ बुँदे सम्झौताको कुन कुन बुँदा कार्यान्वयन भयो भनेर पार्टीभित्रबाट तिब्र रुपमा खोजविन सुरु भएपछि उनी अप्ठ्यारोमा पर्ने स्थिति उत्पन्न भएको हो । पार्टीभित्र अहिले सरकारमा सहभागित हुँदा गरेको ८ बुँदे सम्झौताको समिक्षा सुरु भएको छ । पार्टीका एक प्रभावशाली नेताले ८ बुँदे सम्झौता गरेर पार्टी अध्यक्ष उपप्रधानमन्त्री बन्ने र महामन्त्री रामजनम चौधरी स्वास्थ्यमन्त्री बन्ने बाहेक कुनै पनि बुँदा पुरा नभएको भन्दै यो विषयलाई आगामि केन्द्रीय समितिको बैठक र बैशाख २० गते विराटनगरमा हुने पार्टीका महाधिवेशनमा लिएर जाने बताए । मधेसको माग अनुसारको सीमांकन गर्ने, मधेस आन्दोलनमा मारिएकालाई क्षतिपूर्ति दिने, घाईतेको निशुल्क उपचार गर्ने , मृतकलाई सहिद घोषणा गर्ने लगायतका सहमति भएको थियो । ति नेताले छ महिना भन्दा बढी समय सरकारमा सहभागि भईसक्दा समेत एउटा बुँदा समेत कार्यान्वयन गर्न पहल नगरेको भन्दै अब पार्टी सरकारबाट फिर्ता भएर आन्दोलनमा जानुको विकल्प नरहेकोले आफूले अब त्यही अभियान सञ्चालन गर्ने बताए । उनले भने,‘ गच्छदार र चौधरीले मन्त्री भएर पैसा कमाए होलान तर पार्टीले कुनै उपलब्धि हासिल गर्न सकेको छैन । मधेस आन्दोलनको बेला पार्टी सरकारमा जाँदा जनआधारमा समेत असर पर्यो, कुनै मुद्दा संबोधन गराउन पनि सकेनन । अब पार्टी सरकारमा रहनुको औचित्य छैन ।
Post Top Ad
Responsive Ads Here
Monday, April 11, 2016
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Responsive Ads Here
No comments:
Post a Comment