आगलागी हुँदा धनमाल जलेर नष्ट - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Sunday, April 3, 2016

आगलागी हुँदा धनमाल जलेर नष्ट

राम नारायण पंडित, सिरहा, २२ चैत्र । सिरहाको कल्याणपुरमा आगलागि हुँदा करीब ८ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । कल्याणपुर ९ स्थित बवन सिंहको घरबाट आइतबार सुरु भएको आगलागीबाट ८ लाख ७० हजार बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । आगलागिबाट बबन सिंहको फुसको घर, थे्रसर मेसिन, भाडा–बर्तन, लताकपडा, अन्नपात गरी रु. ४ लाख ६५ हजार बराबरको क्षती भएको छ । त्यस्तै, राजकुमार सिंहको फुसको घर, भाडा–बर्तन, लताकपडा, अन्नपात गरी रु. १ लाख ८० हजार बराबरको क्षति भएको छ भने ललन सिंहको फुसकोे घर, भाडा–बर्तन, लताकपडा, अन्नपात गरि रु २ लाख २५ हजार बराबरको क्षती भएकोे छ । घट्नाबारे थप अनुसनधान भईरहेको प्रहरीले बताए ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here