आदित्यको यस्तो भविष्यवाणी: भावी प्रधानमन्त्री को बन्ने भए त?..भन्ने बिषयमा.. - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Saturday, October 10, 2015

आदित्यको यस्तो भविष्यवाणी: भावी प्रधानमन्त्री को बन्ने भए त?..भन्ने बिषयमा..

चार वर्षका एक बालक जो बोल्न सक्थेनन्, उनले गत बर्ष गरेको भविष्यवाणी पुरा हुने-नहुने अब एक दिन कुरे थाहा पाइने भएको छ ।

उपचारका लागि अमेरिकामा रहेका आदित्य दाहालले गत बर्ष संबिधान बन्ने मिति र नयाँ प्रधानमन्त्रीको बिषयमा लेखेरै दिएका थिए । जसमा नेपालमा संबिधान २०७२ मा बन्ने र प्रधानमन्त्री केपि ओली बन्ने लेखिएको थियो । माहौल संयोगले वा सहि भविष्यवाणी जे पनि हुन सक्छ तर ओली आइतबार प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ । २ सय ९९ संसदको समर्थन चाहिनेमा उनको पक्षमा ३ सय ५१ सांसदको समर्थन देखिएको छ ।
aditya da
अरुको सहारा बिना उभिन पनि नसक्ने ति असाधारण बालकले त्यतिखेर २०७२ मा संबिधान बन्ने लेखेर दिएका कुरा पुरा भईसकेको अवस्थामा उनको अर्को भविष्यवाणी भोली पुरा हुने-नहुने स्पष्ट हुँदैछ । उपचारका लागि अमेरिका जाने क्रममा देशको भावी अवस्था जानेर रोएका आदित्य दाहालले संबिधान बन्नु अघि नै भनेका थिए ‘देशमा नराम्रो परिस्थिति आउनेछ’ अनि लेखेर दिएका थिए ‘तर केहि समय पछी देशले काँचुली फेर्नेछ’ । अहिले परिस्थिति ठ्याकै उस्तै बनेको छ ।

‘आदित्यको भविष्यवाणी पुरा हुँदै गएका छन्’, अमेरिका जाने क्रममा एएरपोर्टमा देशको भविष्य जानेर रोएका आदित्यले जे भने त्यो अहिले नेपालीले भोग्दैछन् । तराई आन्दोलन, सुरक्षाकर्मीको हताहति र जारी नाकाबन्दीले उनको भविष्यवाणी पुरा गर्दै आएको उनलाई गुरु मान्नेहरुको दावी छ । आदित्य दाहाल यस्ता असाधारण बालक हुन् जोसँग अचम्मको शक्ति छ- स्कूलै नगए पनि यिनले लेख्‍न सक्छन् । लेखेरै उनले सबै प्रश्नका जवाफ दिन पनि सक्छन् । प्रश्नको जवाफमात्र हैन, भविष्यवाणी पनि गर्न सक्छन् !

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here