सिरहाको लहनमा प्रहरीको सास्ती - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Wednesday, March 30, 2016

सिरहाको लहनमा प्रहरीको सास्ती


प्रहरीले कुटे अस्पतालका कर्मचारी, भएन नाम सार्वजनिक

                                                                                                                                                              
लहान १७ । दुई जना प्रहरीले एक जना अस्पतालका कार्मचारीलाई कुटेका छन् । तर प्रहरीले उनीहरुमाथि विभागीय कारवाही गर्ने भने पनि नाम सार्वजनिक गरेको छैन । सिरहाको लहान नगरपालिका–३ स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा कार्यरत एक कार्यालय सहयोगी प्रहरीबाटै कुटिएका छन् । गर्भपतन गराएकी एक महिलाको उपचार गराउन गएका दुई प्रहरीले अस्पतालका कार्यालय सहयोगी बद्री साहलाई निर्घात कुटपिट गरेपछि उनी घाइते भएका छन् । उनको शरीरभरि निलडाम देखिएको छ । प्रहरीले बुट लाएरसमेत कुटपिट गरेपछि शरीर सुन्निएको कर्मचारी साहले दुःखेसो पोखे । राष्ट्रिय समाचार समितिका अनुसार पीडित साहले भने, “सादा पोसाकमा दुई प्रहरी एक महिलाको उपचार गराउन अस्पतालको आकस्मिक शाखामा आएका थिए । मैले कुर्सीमा बस्नुहोस् भन्ने बित्तिकै ती दुई प्रहरीले तथानाम गाली गर्दै एक्कासि कुट्न थाले ।” बुटले कुट्नुका साथै भुँइमा घसेट्दै गाडीमा समेत हाल्न खोज्दा अस्पतालका सहकर्मीले आफूलाई बचाएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय लहानका हवल्दार भोगेन्द्र खत्री र प्रहरी जवान हरेराम यादव उक्त अस्पतालकै कर्मचारीको सुरक्षाका लागि विगत लामो समयदेखि कार्यरत छन् । तर प्रहरीबाटै अस्पतालका कर्मचारी साह कुटिएको बेला भने न त हबलदार खत्री थिए, न त प्रहरी जवान यादव । यता, इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कवीर प्रधानले घटनामा प्रहरीको गल्ती रहेको स्वीकार गरे कर्मचारी साह कुट्ने प्रहरीको नाम सार्वजनिक गर्न नमानेका उनले भने, “सिसि क्यामेरामा समेत प्रहरीले अस्पतालका कर्मचारीलाई घसेटेको देखिन्छ । उनीहरुमाथि विभागीय कारबाही हुन्छ ।”

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here