सिके राउतको अन्तरवार्ता लिने एबीसी टीभीलाई कारवाही गर्न प्रेस काउन्सिलको आकस्मिक बैठक - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Thursday, March 31, 2016

सिके राउतको अन्तरवार्ता लिने एबीसी टीभीलाई कारवाही गर्न प्रेस काउन्सिलको आकस्मिक बैठक

पत्रकार सम्मेलन नगर्न ऋषि धमलालाई सचेत गराइयो
चैत १८ । देश विखण्डनको एजेन्डा बोकेर हिँडिरहेका सिके राउतको अन्तरवार्ता प्रशारण गर्ने एबीसी टेलिभिजन कारवाहीमा पर्ने भएको छ । सञ्चार माध्यमहरुको नियमन गर्ने सरकारी निकाय प्रेस काउन्सिलले सो टेलिभिजनमाथि कारवाहीको तयारी गरेको हो ।टेलिभिजनमाथि कस्तो कारवाही गर्ने भन्नेबारे छलफल गर्न काउन्सिलको आकस्मिक बैठक बोलाइएको अध्यक्ष बोर्णबहादुर कार्कीले अनलाइनखबरलाई बताए ।कार्कीका अनुसार तत्कालै एउटा चेतावनीपत्र टेलिभिजनलाई पठाइनेछ र त्यसपछिको कारवाहीबारे छलफलबाट निर्णय लिइने छ । सो टेलिभिजनले बुधबार बेलुकी राउतको अन्तरवार्ता प्रशारण गरेको थियो ।सो अन्तरवार्तापछि उपराष्ट्रपतिका छोरा दिपेश पुनले फेसबुकमा स्टाटस लेखेर टेलिभिजनमाथि कारवाही हुनुपर्ने माग गरेका थिए ।ऋषि धमलालाई सचेत गराइयोयसैबीच सिके राउतलाई रिपोर्टस क्लवमा उभ्याएर पत्रकार सम्मेलन गराउने ऋषि धमलाको प्रयास असफल भएको छ । प्रेस काउन्सिलको हस्तक्षेपपछि धमलाको प्रयास असफल भएको हो ।क्लबका अध्यक्ष धमलाले राउतको पत्रकार सम्मेलन गराउन लागेको थाहा पाएपछि आफूले फोन गरेर सचेत गराएको काउन्सिलका अध्यक्ष कार्कीले अनलाइनखबरलाई बताए ।प्रेस काउन्सिलले मौखिकरुपमा सचेत गराएपछि धमलाले पत्रकार सम्मेलन स्थगित गरेका छन् ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here