चैत १८ । तराई-मधेस लोकतान्त्रिक पार्टीको केन्द्रिय अध्यक्ष महन्थ ठाकुरको निवासमा आज दिउँसो संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरुको बैठकमा मोर्चाको सचिवालयले प्रस्तुत गरेको रिपोर्टमाथि छलफल भयो । सचिवालयले आन्दोलनको समीक्षाका साथै आगामी आन्दोलनको तैयारी र त्यसकालागि ध्यान दिनु पर्ने क्षेत्र-समूहहरु, चरणवध्द आन्दोलनको स्वरुप आदिबारे सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेको थियो । सचिवालयको रिपोर्ट र आन्दोलनसंग सम्वन्धित विविध पक्षबारे शिर्ष नेताहरुबीच गंभीर छलफल भएको थियो । मोर्चाले मधेशको मुद्दा सम्वोधन नभए बैशाखको पहिलो सातादेखि पुन: कडा आन्दोलनमा जाने निर्णय गरेको छ । आन्दोलनका कार्यक्रमहरु मोर्चाको सचिवालयले चैतको अन्तिम सातामा सार्वजनिक गर्नेछ ।
Post Top Ad
Responsive Ads Here
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Responsive Ads Here
No comments:
Post a Comment