राम नारायण पंडित, सिरहा, २१ चैत्र ।सिरहामा यस वर्ष एसएलसी परीक्षामा निजी विद्यालयको शिक्षक गार्ड बस्न
नपाउने भएपछि सरकारी विद्यालयको नाममा परिचय पत्र वनाई गार्ड
वस्ने गरेको पाइएको छ । आजको अनिवार्य गणित विषयको परीक्षामा
जनता माध्यमिक विद्यालय अयोध्यानगर, कसहा परीक्षा केन्द्रमा
निम्न माध्यमिक विद्यालय गुरुधामका शिक्षक संजिव कुमार सिंहको
नाममा अरु नै गार्ड वसेका छन् । सिंहले आफू परीक्षामा गार्ड
नवसेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘म परीक्षामा
गार्ड बस्न कतै गएको छैन् । विद्यालय छुट्टी भएकोले घरकै काममा
लागेको छु । गोलबजर – ७ चोहर्वा स्थित शान्ति निकुञ्च आवाशिय
विद्यालयका सहायक प्रिन्सिपल विनोद साह महदेवा पोर्ताहा प्राविका शिक्षक
राजदेव यादवको नाममा नक्कली परिचय पत्र बनाएर गार्ड बस्नु भएको
छ । आफ्नै विद्यालयका परीक्षार्थीलाई सिकाउने उदेश्यले बसेको
भएपनि विद्यार्थीलाई अनुशासनमा राख्न उनलाई परीक्षा केन्द्रमा
राखिएको नाम नवताउने शर्तमा त्यहि विद्यालयमा कार्यरत एक शिक्षकले
जानकारी दिनुभयो । जनहित निमावि गोलबजार–६, डोहटीयाको
नाममा परिचयपत्र बनाई भोजराज चौहान र राजकुमार राम परीक्षामा
गार्ड वसेको भएपनि ती नाम गरेका शिक्षकहरु आफ्नो विद्यालयमा
नभएको प्रधानाध्यापक बद्रि यादवले जानकारी दिनुभयो । उमेश
साह निमावि डावरको शिक्षकको नाममा नक्कली परिचय पत्र बनाई गार्ड
वसेको भएपनि उहाँ त्यस विद्यालयको शिक्षक नभएको त्यही कार्यरत
एक शिक्षकले जानकारी दिनुभयो । परीक्षा मर्यादित र शान्त बनाउन
परिक्षामा गार्डहरु राखेको भएपनि निजी विद्यालयहरुले आफ्ना
विद्यार्थीलाई चिठ चोराउन किर्ते परिचयपत्र बनाई गार्ड राखेका छन्
। सोही परीक्षा केन्द्रमा निजी विद्यालयका शिक्षकहरुलाई कार्यालय
सहयोगीको परिचयपत्र बनाई परीक्षा केन्द्रमा बस्ने गरेका छन् ।
आफ्नै विद्यालयमा परिचर हुँदा हुँदै पनि चन्द्र परियार, आनन्द
भट्टराई, प्रविन भुजेल र भिम लामालाई राखेका हुन् । उहाँहरु सवै
जना नीजि विद्यालयका शिक्षक हुन् । सो परीक्षा केन्द्रमा शिशुज्योती
आवाशिय विद्यालय धनगढी, सारदा ईङ्गलीश बोर्डिङ स्कूल
गोलबजार, सरस्वती उच्च माध्यमिक विद्यालय जमदह तेतरिया र मोडेल
इङ्गलिश स्कूल धनगढीको परीक्षा केन्द्र रहेको छ । शान्ति निकुञ्च
आवासिय विद्यालयका विद्यार्थीले शिशुज्योती आवाशिय माध्यमिक
विद्यालय धनगढीबाट परीक्षा दिईरहेका छन् । यस वर्षबाट एसएलसी
परीक्षामा कोही फेल नहुने नीति राज्यले ल्याएको भएपनि
राम्रो नम्वर ल्याएर विद्यालयको प्रचार गर्नकै लागि नीजि
विद्यालयहरुले अझै मारामार गरेर फर्जि परिचयपत्र बनाएर गार्ड
राख्ने गरेको छ । यता, केन्द्राध्यक्ष सुरेश कुमार साहले सवै
शिक्षकहरुले सरकारी विद्यालयको लेटरप्याडमा शिक्षक भएको लिखित
ल्याएको हुँदा उहाँहरुलाई गार्डको लागि सिफारिस गरेको
बताउनु भयो । उहाँले भन्नुभयो, ‘म सवैशिक्षकलाई चिन्दिन
उहाँहरुले ल्याएको प्रमाणको आधारमा सिफारिस गरिएको हो ।’
यता, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले त्यसरी किर्ते
गरी गार्ड वसेको पाईएमा कार्वाही गर्ने बताउनु भयो ।
Post Top Ad
Responsive Ads Here
Sunday, April 3, 2016
Home
रास्ट्रिय
शिक्षा-स्वास्थ्य
सिरहामा सरकारी विद्यालयको फर्जि परिचयपत्र बनाई नीजिका शिक्षक गार्डमा
सिरहामा सरकारी विद्यालयको फर्जि परिचयपत्र बनाई नीजिका शिक्षक गार्डमा
Tags
# रास्ट्रिय
# शिक्षा-स्वास्थ्य

About omprakash
शिक्षा-स्वास्थ्य
Tags
रास्ट्रिय,
शिक्षा-स्वास्थ्य
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Responsive Ads Here
No comments:
Post a Comment