अधिकार माग्नु होइन, नाकाबन्दी गर्नु गलतः पूर्वराष्ट्रपति - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Saturday, April 2, 2016

अधिकार माग्नु होइन, नाकाबन्दी गर्नु गलतः पूर्वराष्ट्रपति

चैत२०। पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशको समृद्धि र शान्तिका लागि मधेसी र पहाडी सामुदाय मिलेर बस्नु पर्ने बताएका छन् । देशलाई समृद्धितर्फ लैजान शान्तिका आवश्यक रहेको र शान्तिका लागि मधेसी र पहाडी सामुदायबीच सदभाव कायम रहनु पर्ने बताए । ‘सद्भावका लागि क्रिकेट’ अभियान सुरु गर्दै पूर्व राष्ट्रपति यादवले मधेसी पहाडी भाइ भाइ भएको बताए । आफुले जनताको नासो -संविधान) जनतालाई सुम्पिएको भन्दै उनले संविधान आएपछि पनि समाधान नभएका मधेसको समस्या समाधान गर्न दलहरुलाई आग्रह गरे । मधेसीले आफ्नो अधिकार माग्नु गलत नभएको उनले बताए । तर, लोकतान्त्रिक विधीबाट अधिकार माग्नु पर्ने भन्दै उनले भने, ‘नाकाबन्दी गरेर सीमानामा ढुंगामुढा गर्नु गलत हो ।’ मधेस आन्दोलन र विभिन्न राजनीतिक गतिविधिका कारण सामाजिक सद्भाव कमजोर भएको भन्दै ४ वटा संस्थाले संयुक्त रुपमा सन् २०१६ लाई सदभाव वर्षको रुपमा मनाउन अभियान सुरु गरेका छन् । अभियान अन्तर्गत शनिबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट भैरहवासम्म साइकल र्‍याली निकालिउको छ । भैरहवाको सिद्धार्थ रंगशालामा यू-१९ र राष्ट्रिय खेलाडीबीच मैत्रीपुर्ण क्रिकेट खेल भएको थियो । मधेसको जिल्लामा क्रिकेट खेलको बढी रुचाइएको कारण अभियान अन्तर्गत सदभाव कायम राख्नका लागि मधेसका ७ वटा मुख्य शहरहरु मैत्रीपूर्ण टी-ट्वान्टी सद्भाव क्रिकेट खेलाइनेछ । अभियानका रुपन्देही संयोजक प्रशान्त विक्रम मल्लका अनुसार वीरगञ्ज, जनकपुर, राजविराज, विराटनगर, टिकापुर, नेपालगञ्जमा मैत्रीपुर्ण टी-ट्वान्टी क्रिकेट खेलको आयोजना हुनेछ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here