सिरहामा ट्रकको ठक्करबाट घाईते युवकको उपचारको क्रममा मृत्यु - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Saturday, April 2, 2016

सिरहामा ट्रकको ठक्करबाट घाईते युवकको उपचारको क्रममा मृत्यु

राम नारायण पंडित, सिरहा, २० चैत्र । सिरहामा ट्रकको ठक्करबाट घाईते भएको एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । आज (शनिबार) बिहान सिरहाको गोलबजार नगरपालिका ८ पुरानो चोहर्वा स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्ववाट पश्चिम तर्फ जादै गरेको ना. ४ ख. १९३४ नम्बरको ट्रकको ठक्करबाट घाइते युबकको उपचारको क्रममा रा. उ. स्मारक अस्पताल लहानमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । मृतक युबकको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा राखिएको छ । मृतक युबकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृतक गहु गोरो बर्ण, ५ फिट ७ ईन्च उचाई, खैरो भेष्ट, निलो जिन्स लगाएको र मधेशी मुलको जस्तो देखिने करीब २५ बर्षीय रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here