चैत २४। प्रमुख सत्तासाझेदार दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि बेला राष्ट्रिय स्वाधिनताको लडाइँ गर्नुपर्ने अवस्था आउने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिएका हुन् ।काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकको भविश्य अझै सुनिश्चित नभएको र राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्ने भएकाले लडाइँका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् । राष्ट्रिय स्वाधिनताको लडाइँ कुनै पनि बेला विस्फोट हुन सक्ने उनको भनाइ छ ।
गएको असोज ३ गते आफ्नै सक्रियतामा संविधान सभाबाट नयाँ संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रचण्डले उक्त संविधान कार्यान्वयनमा धेरै चुनौती रहेको बताए । माओवादीहरुको एकतामा जोड दिएका उनले वामपन्थीहरुको बृहत मोर्चा बनाएर सबै दलहरु एकतावद्ध भएर अहिलेको चुनौतीको सामान गर्नुपर्ने बताए ।
Post Top Ad
Responsive Ads Here
Wednesday, April 6, 2016
लडाईंका लागि तयार रहन कार्यकर्तालाई प्रचण्डको निर्देशन
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Responsive Ads Here
No comments:
Post a Comment