सरकार परिवर्तन असम्भवः एमाले उपाध्यक्ष ज्ञवाली - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Friday, April 8, 2016

सरकार परिवर्तन असम्भवः एमाले उपाध्यक्ष ज्ञवाली

चैत २६ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिलेको सरकार कसैले टीका लगाइदिएर नबनेकाले परिवर्तन सम्भव नभएको बताएका छन् । प्रेस चौतारी नेपाल सुर्खेतले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार परिवर्तनको कुरा केवल भाषणबाजी मात्रै भएको बताए । उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि अहिलेकै सरकारमा सहभागी भएर संविधान कार्यान्वयन गर्न आग्रह गरे । नेता ज्ञवालीले एमालेकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुने जिकीर गरे । भारतले लगाएको नाकाबन्दी वर्तमान सरकारकै पहलमा खुल्नु र चीनसँग पारवहन लगायतका महत्वपूर्ण सहमति हुनुलाई सरकारको उपलब्धीको रुपमा उनले चर्चा गरे । तत्कालका लागि नाकाबन्दीको समस्या टरे पनि भारतलाई भरोसा गर्न भने नसकिने उनले प्रष्ट पारे ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here