विमान दुर्घटनामा ओसामाबिन लादेनको परिवारका ४ जनाको मृत्यु - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Monday, September 7, 2015

विमान दुर्घटनामा ओसामाबिन लादेनको परिवारका ४ जनाको मृत्यु

काठमाडौं, श्रावण १६ । बेलायतको ह्याम्सायरमा निजी जेट विमान दुर्घटनामा परी ओसामा विन लादेनको परिवारका चार सदस्यको मृत्यु भएको छ ।बेलायतस्थित साउदी अरबको दूतावासले ब्ल्याकबुस विमानस्थल नजिक दुर्घटनाग्रस्त विमानका पायलट र सवार सबै तीनजना यात्रुको मृत्यु भएको जनाएको छ । विमान इटलीको मिलानबाट आउँदै थियो ।बेलायतस्थित साउदी राजदूतले युवराज मोहम्मद विन नवाफ अल साउदले लादेनको परिवारप्रति समवेदन प्रकट गरेको जनाएका छन् ।दूतावासले बेलायती अधिकारीहरुले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । (एजेन्सी)

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here